फागुन चाैथाे मङ्गलबार थानीमाईमा २७ फूलको डोली भित्रियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    फागुन चाैथाे मङ्गलबार थानीमाईमा २७ फूलको डोली भित्रियो

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०८२, मंगलवार

    दमौली, २६ फागुन । फागुन महिनाको चाैथाे मंगलबार तनहुँको भानु-७ थानीमाई मन्दिरमा विभिन्न जिल्लाबाट २७ वटा डोली भित्रिएका छन्। तनहुँ, लमजुङ, गोरखा, चितवन र काठमाडौंबाट गरी २७ डोली मन्दिर परिसरमा भित्रिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    डोलीसँगै करिब तीन हजार भक्तजनले मन्दिरमा पुगेर देवीको दर्शन गरेका छन्। भक्तजनको ठूलो सहभागिताले मन्दिर क्षेत्रमा मंगलबार बिहानैदेखि धार्मिक माहोल बनेको समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

    यसअघि सोमबार राति ८५ जना भक्तजनले मन्दिर परिसरमा रातभर जाग्राम बसेर बत्ती बालेका थिए।

    थानिमाई मन्दिरमा मनोकांक्षा पूरा हुने विश्वासका साथ भक्तजनहरूले भाकल गरी फूलडोली चढाउने र राति जाग्राम बसेर बत्ती बाल्ने चलन परम्परादेखि चल्दै आएको छ।