ला लिगाको उपाधि बार्सिलोनालाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ला लिगाको उपाधि बार्सिलोनालाई

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०८३, सोमबार

    एजेन्सी, २७ वैशाख। चिर प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना तीन खेल अगावै स्पेनिस ला लिगाको च्याम्पियन बनेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मार्कस रासफोर्ड र फेरान टोरेसको गोलको मद्दतले बार्सिलोनाले २०२५–२६ सिजनको उपाधि आफ्नो पोल्टामा पारेको हो । 

    खेलको सुरुवाती नवौँ मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यसै सिजन म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना आएका रासफोर्डले सुन्दर फ्रिकिकमार्फत गोल गरेका थिए।  त्यसको ९ मिनेटपछि अर्थात् खेलको १८औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । 

    यो जितसँगै बार्सिलोनाले आफ्नो २९औँ ला लिगा उपाधि जितेको छ। खेल अवधिभर बार्सिलोनाले रियल म्याड्रिडमाथि दबाब बनाएको थियो । बार्सिलोनाले ७ वटा सट लक्ष्यमा प्रहार गर्दा रियल म्याड्रिडले भने मात्र एक सट प्रहार गर्न सकेको थियो ।

    यो जित बार्सिलोनाका लागि ऐतिहासिक रहेको छ किनकि उनीहरूले आफ्नो घरेलु मैदानमा लगातार १८औँ एल क्लासिको जित दर्ता गरेका छन् ।