प्रभावित क्षेत्रमा नयाँ ट्रान्सफर्मर राख्न ऑबुखैरेनी–३ का वडा सदस्य श्रेष्ठको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रभावित क्षेत्रमा नयाँ ट्रान्सफर्मर राख्न ऑबुखैरेनी–३ का वडा सदस्य श्रेष्ठको माग

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८३, बिहीबार

    दमौली, ७ जेठ । तनहुँको आबुखैरेनी गाउँपालिका–३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले प्रभावित क्षेत्रमा जगेडा पुरानो ट्रान्सफर्मर राखिएकोप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्युत प्राधिकरण तनहुँ तनहुँ वितरण केन्द्रको ध्यानाकर्षण गराएका छन् ।

    वडा सदस्य श्रेष्ठले हिजो भएको सहमतिअनुसार २४ घन्टा विद्युत सेवा उपलब्ध गराउने प्रतिबद्धता पूरा हुनुपर्ने बताउँदै प्रभावित क्षेत्रमा पुरानो जगेडा ट्रान्सफर्मर राखेर सेवा दिन खोजिएको स्वीकार्य नभएको उल्लेख गरेका छन् ।

    उनले “२४ घन्टा बिजुली आउँछ भनेर सहमति गर्ने, तर प्रभावित क्षेत्रमा पुरानो ट्रान्सफर्मर राख्ने कुरा मान्य हुँदैन । यसले सेवामा समस्या ल्याइरहछ,” भन्दै असन्तुष्टि व्यक्त गरे ।

    श्रेष्ठका अनुसार पछिल्लो समय १८ घन्टासम्म विद्युत अवरुद्ध हुँदा स्थानीय बासिन्दाले ठूलो सास्ती खेप्नुपरेको छ । त्यसैले प्रभावित क्षेत्रका नागरिकलाई नियमित र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन नयाँ ट्रान्सफर्मर जडान गर्न उनले माग गरेका छन् ।

    दमौलीबाट ३२ केभी लाइन व्यवस्थापन गरिएकोमा धन्यवाद दिँदै उनले अस्थायी व्यवस्थाभन्दा दीर्घकालीन समाधान आवश्यक रहेको बताए । “हामीलाई जुनसुकै हालतमा पनि २४ घन्टा विद्युत चाहिन्छ,” भन्दै उनले प्राधिकरणलाई समस्या समाधानमा गम्भीर हुन आग्रह गरे ।