रास्वपा बन्दीपुरको सभापतिमा शम्भु श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    रास्वपा बन्दीपुरको सभापतिमा शम्भु श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८३, आईतवार

    दमौली, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी बन्दीपुरको सभापतिमा शम्भु श्रेष्ठ चयन भएका छन् । आइतबार भएको अधिवेशनबाट श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरिएको छ ।

    अधिवेशनबाट उपसभापति तुलबहादुर गुरुङ, सचिवमा सुमित गुरुङ, सहसचिवमा भीमबहादुर गुरुङ, कोषाध्यक्षमा जमुना गुरुङ र सदस्यहरुमा नविन भट्टराई, हरिमाया रेग्मी, प्रमिला विश्वकर्मा, कलिवती भट्टराई चयन भएका छन् ।