विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघ्यो

    खबरपुञ्ज संवाददाता

    २० भाद्र २०७७, आईतवार

    एजेन्सी : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ।

    जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड ६७ लाख ३७ हजार ६ सय ४६ पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट ८ लाख ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने १ करोड ७८ लाख ४ हजार १ सय ९३ जना निको भइसकेका छन्। 

    सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ६२ लाख ४२ हजार ३९ पुगेको छ भने १ लाख ८८ हजार ५ सय १ जनाको मृत्यु भएको छ। यसैगरी, ब्राजिलमा ४० लाख ९२ हजार ८ सय ३२ संक्रमित र १ लाख २५ हजार ५ सय २१ को मृत्यु, भारतमा ४० लाख २३ हजार १ सय ७९ संक्रमित र ६९ हजार ५ सय ६१ को मृत्यु तथा मेक्सिकोमा ६ लाख २३ हजार ९० जना संक्रमित र ६६ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ।