खहरेखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खहरेखोलामा सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८३, मंगलवार

    चितवन, १२ साउन । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत मुग्लिन नजिकै खहरेखोलामा सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ।

    पहिरोका कारण सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सडक खुलाउन सम्बन्धित स्थानमा डोजरसहित मेशिन परिचालन भइसकेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

    सडक खुल्न केही समय लाग्न सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई सुरक्षित स्थानमा पर्खिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।