तनहुँ:गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपाका स्थायी कमिटीका सदस्य किरण गुरुङले पार्टीभित्र असन्तुष्ट रहेकाहरु पार्टीको मूल धारमै फर्किने बताउनुभएको छ । संसद विघटनको घटनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल पक्षले आन्दोलन गरिरहेको सन्दर्भमा मन्त्री गुरुङले केपीओली नेतृत्वको पार्टी नै मूलधारको पार्टी रहेकाले असन्तुष्ट सबै त्यसमै फर्किने बताउनुभयो । तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ र भीमाद नगरपालिका–५ ऋषिङपाटन जोड्ने फेदीखोलामा निर्माण शुरु भएको पक्की पुलको आइतबार शिलान्यास गर्दै मन्त्री गुरुङले भन्नुभयो,“असन्तुष्ट घर नफर्किए…