१४७ जना कोरोना सङ्क्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    १४७ जना कोरोना सङ्क्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७७, बिहीबार

    काठमाडाै/नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयाे

    प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ। आज ३ हजार ४८१ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो।

    त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १२ हजार ८४० पुगेको छ। कोरोनाका कारण अहिलेसम्म नेपालमा ४३ जनाको मृत्यु भएको छ।