तनहुँमा थपिए एक कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    तनहुँमा थपिए एक कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७७, शुक्रबार

    तनहुँ/तनहुँको शुक्लागण्डकी नगरपालिकामा एक जना कोरोनो सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार ४८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले सङ्क्रमण पुष्टि भएकालाई आईसोलेशन कक्षमा लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । कोरोना सङ्क्रमितलाई बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा राखिनेछ ।

    गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा तनहुँ सहित बागलुङ, लमजुङ र कास्कीमा गरी दश जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै गण्डकीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय ६० पुगेको छ ।