इन्जिनियर र सवइन्जिनियर अख्तियारको फन्दामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    इन्जिनियर र सवइन्जिनियर अख्तियारको फन्दामा

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७७, शुक्रबार

    लमजुङ/लमजुङको मर्स्याङ्दी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर टीकाप्रसाद गुरुङ घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटेको टोलीले मण्डल र गुरुङलाई बेंसीसहर बजारबाट बिहीबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

    मण्डल र गुरुङले सेवाग्राहीहरुसँग भवन निर्माणको किस्तावापत ५० हजारका दरले ४ लाख रुपैयाँ घुस लिएको उजुरीको आधारमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

    मण्डल र गुरुङ जिल्ला राष्ट्रिय पुन:निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई सो गाउँपालिकामा कार्यरत थिए ।