गण्डकी र प्रदेश ५ मा भारी वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी र प्रदेश ५ मा भारी वर्षा

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०७७, सोमबार

    पोखरा/आइतबार राति गण्डकी र प्रदेश ५ का केही जिल्लामा भारी वर्षा भएको छ। ती जिल्लाका कमजोर भिरालो जमीनमा पहिरो जान सक्ने र केही नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ।

    चितवन, धादिङ, तनहूँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु र रुपन्देहीमा भारी वर्षा भएको छ। प्रदेश १ का मोरङ, सुनसरी झापा तथा प्रदेश २ को सप्तरीमा पनि राति केही बेर भारी वर्षा भएको थियो। ५० मिलिमिटरभन्दा माथि पानी परे भारी वर्षा भनिन्छ।

    अहिले बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। पानीको बहाब लगातार बढिरहेकाले सोमबार बिहान १० बजसम्म सतर्क रहन तटीय क्षेत्रका स्थानीयलाई महाशाखाले आग्रह गरेको छ। त्यस्तै कञ्चनखोलाका तटीय क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ।

    नारायणी, पूर्वी राप्ती लगायत नदीका जलसतह बढेका छन्। उता गण्डकी प्रदेशका साना खोलाहरुमा पनि आकस्मिक बाढीको संभावना छ। प्रदेश १ मा कन्काई नदीको जलसतह बढेको छ।