‘सिरी ए’ को उपाधि युभेन्टसलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ‘सिरी ए’ को उपाधि युभेन्टसलाई

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०७७, सोमबार

    काठमाडौ/इटालियन ‘सिरी ए’ को उपाधि युभेन्टसले जितेको छ । गएराति भएको खेलमा साम्पडोरियालाई दुई एक गोलले हराउँदै युभेन्टसले दुई खेल अगाडि नै लिगको उपाधि जित्न सफल भएको हो ।

    टुरिनमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेर्डिको बेरनरडेस्चीले एक एक गोल गरे ।

    याेसहित युभेन्टसले लगातार नवौं पटक ‘सिरी ए’ को उपाधि जितेकाे छ । खेलको पहिलो हाफको इन्जुरी समयमा मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्न सफल भएका हुन् । जारी सिजनमा ‘सिरी ए’ मा उनको यो ३१ औं गोल थियो ।

    पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । त्यसपछि साम्पडोरीया खेलमा फर्कन सकेन र पराजित भयो । ‘सिरी ए’ मा लगातार नौ सिजनसम्म उपाधि जित्ने युभेन्टस पहिलो टिम बनेको छ ।

    युरोपियन लिगहरुमा युभेन्टस लगातार नौ सिजनसम्म उपाधि जित्ने तीन क्लबमा एउटा बनेको छ ।