कोरोनाको मारमा होटल व्यवसाय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    कोरोनाको मारमा होटल व्यवसाय

    गाेरा मियाँ

    १२ श्रावण २०७७, सोमबार

    कोभिड १९ शुरु भएसँगै देशको अर्थतन्त्रमा धेरै असर हुन पुग्यो । मुलुकका अधिकांश व्यवसाय धारासायी बने । व्यावसायिक रुपले देशको अर्थतन्त्रलाई केही टेवा पु¥याउन सक्ने पहिलो पंक्तिमा होटल व्यवसाय पनि पर्दछ । कोरोना कहरको महामारीका कारण यो व्यवसाय अहिले ठप्प छ । गत चैत ११ गते सरकारले आम नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि लकडाउन शुरु गरेको थियो । त्यसलगत्तै देशका सबै व्यवसाय बन्द भए । लकडाउन अगाडी साना तथा ठूला होटलका कोठाहरुमा पाहुना भरिभराउ हुने गथ्र्यो, समयमा बुकिङ नगरे कोठा पाउन गाह्रो हुने गरेको होटल व्यवसाय आजभोलि सुनसान छ । हजारदेखि लाखौसम्म भाडा तिरेर होटल सञ्चालन गरेका व्यवसायीले लकडाउनको अवधिको पनि जसोतसो भाडा तिरिरहेका छन् । पुरानादेखि नयाँ होटल शुरु गरेका सञ्चालक लाखौ लाख घाटाको मारमा परेका छन् । होटलमा राखिएका कर्मचारीलाई तलब खुवाउन नसकेपछि कतिपय होटलले त्यस्ता कर्मचारीलाई कामबाट बिदा दिएका छन् । कतिपय होटल सञ्चालक आफैले पनि व्यवसाय छाडिसकेका छन् । तनहुँमा पनि कतिपय होटल बन्द भएका छन् । त्यस्ता व्यवसायीले पाँच लाखदेखि १५ लाखसम्मको घाटा बेहोर्दै आफ्नै गाउँ ठाउँमा सानोतिनोा केही गर्ने सोच बनाएका छन् । होटल व्यवसाय गर्दा लागेको ऋण कसरी तिर्ने भन्नेमा व्यवसायी चिन्तित छन् । लकडाउन खुलेपनि होटल व्यवसाय पुरानै लयमा फर्किन अझै केही वर्ष लाग्ने व्यवसायीको भनाई छ । तसर्थ, सरकारले होटल व्यवसायलाई केही सहुलियत दिएर व्यवसायमै टिकिराख्ने वातावरण तयार गर्नु अहिलेको आवश्यकता हो ।