पहिरोमा परी एकै घरका ७ जनासहित ८ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    पहिरोमा परी एकै घरका ७ जनासहित ८ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०७७, बुधबार

    काठमाडौं । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । गाउँपालिकाको वडा नम्बर ७ मा मंगलबार राति आएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी कुशा, १८ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको मृत्यु भएको हो ।

    ६ जनाको घटनास्थलबाटै शव निकालिएको र छोरी विमलाको उद्धार गरी उपचार गर्ने क्रममा मृत्य भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख, डीएसपी श्याम ओलियाले जानकारी दिनुभयाे । यस्तै सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीया श्रीमती मनाको मृत्यु भएको छ । बाले बेपत्ता रहेको र खोजी कार्य भइरहेको डीएसपी ओलियाले बताउनुभयाे ।

    यसअघि सोमबार राति कालीकोटकै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए । नगरपालिकाको वडानम्बर १ को बडलतोलामा गंगे खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् । चोक्टेबगरमा पहिरोमा पुरिएर बेपत्ता भएकी एकजनाको भने शव भेटिएको छ ।