वीरगञ्जका मेयर कोरोनाबाट सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश २

    वीरगञ्जका मेयर कोरोनाबाट सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७७, बिहीबार

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य परीक्षणका लागि काठमाडौं पुग्नुभएका सरावगीको त्यहीँ स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उहॉले सामाजिक सञ्जाल मार्फत् जानकारी गराउनुभएको छ ।

    “तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयं कोरोनाको सङ्क्रमणको चपेटामा परेको छु,” उहॉले भन्नुभयो । कोरोना सङ्क्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किने उहॉले बताउनुभयो ।

    वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिएको मानिएको छ । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आउनुभएको थियो ।