अव्यवस्थित पार्किङकाे व्यवस्थापन हाेस्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    अव्यवस्थित पार्किङकाे व्यवस्थापन हाेस्

    गाेरा मियाँ

    १६ श्रावण २०७७, शुक्रबार

    तनहुँकाे सदरमुकाम दमाैलीमा रहेकाे व्यास नगरपालिकाका जिल्लाका अन्य पालिका भन्दा ठूलाे र स्राेतसाधन सम्पन्न नगरपालिका हाे । अन्य पालिकाभन्दा व्यास नगरपालिकाभित्र स्थायी र अस्थायी रुपमा बस्नेहरुकाे सङ्ख्या उल्लेख्य छ । जिल्लाकाे सदरमुकाम रहेकाे हुँदा कार्यालय सम्बन्धी र विभिन्न काम विशेषले मानिसहरुकाे आउजाउ हुने क्रम बढि नै छ । दमाैलीदेखि चारैतर्फका शाखा सडकमा यातायातकाे सुविधा भएकाले व्यास नगरपालिकामा बाक्लै मान्छे देखिन्छन् । अधिकांशकाे जीप, कार र माेटरसाइकल जस्ता आफ्नै निजी सवारी साधन छन् । त्यसले गर्दा दमाैली आउन झनै सहज बनाएकाे छ । दमाैलीवासीहरुकाे सवारी साधन झनै दाेब्बर छ । व्यास नगरपालिका वडा नं २,३ र ४ मा पार्किङ गर्ने ठाउँकाे समस्या दिनानुदिन बढिरहेकाे छ । बजारमा व्यवसाय गर्ने व्यवसायीकाे र बाहिरबाट आउने सर्वसाधारणकाे सवारी साधनकाे चापले पछिल्लाे समय पार्किङकाे समस्या देखिन थालेकाे छ । सडक पार गर्ने चिन्ह जेब्राक्रसमा समेत पार्किङ गरिदिनाले पैदलयात्रुहरुलाई वारपार गर्न कठिनाइ परेकाे छ । वृद्धहरुले झनै सास्ती खेप्न बाध्य छन् । राजमार्गभित्रका शाखा सडक छेउहरु सवारी साधनकाे पार्किङ स्थल जस्तै बनेकाे छ । यसले भाेलिका दिनहरुमा ठूलै क्षति नहाेला भन्न सकिदैन । त्यसकारण जथाभावी पार्किङलाई नियमन गरी व्यवस्थापन गर्नु अहिलेकाे आवश्यकता हाे । यसतर्फ व्यास नगरपालिका र सराेकारवाला निकायकाे ध्यान जान जरुरी छ ।