बकर इदकाे शुभकामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    बकर इदकाे शुभकामना

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०७७, शनिबार

    इस्लाम धर्मावलम्बीहरुकाे महान् पर्व इद उल अज्हा (बकर इद) विश्वभरका मुस्लिमहरुले आजदेखि तीनसम्म मनाउँदैछन् । गत वर्षहरुमा मस्जिद तथा इदगाहमा समुदायका हरेक परिवार दुई रकआत वाजीब नमाज सामूहिक पढ्ने गर्दथे । सबैसँगकाे भेटघाट र पर्वकाे खुशीयालीमा एक आपसमा अङ्गालाे मारी खुशी साटासाट गर्ने चलन थियाे । खुशीयाली पर्व भएकाले कुर्बानी बकर इद पनि भनिन्छ । नयाँ कपडा लगाएर मिठाईका धेरै परिकार तयार गरी बालबालिकालाई बाँडेर रमाइलाे गर्ने पर्वमा गरीब, असहाय र दिनदुखीहरुलाई सहयाेग गरी अन्य सरह रमाउन सक्ने यस पर्वले महत्व राख्दै आएकाे छ । विगतका वर्षहरुमा जामे मस्जिद र इदगाहमा मुस्लिम समुदायकाे अधिक जमघट हुने गर्दथ्याे । याे वर्ष काेभिड-१९ का कारण मस्जिद, मदर्शा र इदगाह पूरै बन्द भएका छन् । विश्वभरकाे मानव जगतलाई काेराेना काल बनेकाे छ । गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेसँगै धार्मिक स्थलहरु सुनसान बनेका छन् । इस्लाम धर्म मान्नेहरुका लागि ४३५ वर्षपछि मस्जिद र इदगाहमा नमाज लगायत धार्मिक गतिविधि बन्द हुन पुगेकाे याे नै दाेस्राे पटक हाे । संसारका मानव जातिलाई चिन्तित बनाएकाे काेराेनाकाे अन्त्य कहिले हुने हाे कुनै टुङ्गाे छैन । त्यसकारण सतर्कता अपनाएर सामाजिक दूरी कायम राख्नु सबैकाे कर्तव्य हाे । तनहुँकाे व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भीमाद नगरपालिका लगायत पालिकामा इस्लाम धर्मावलम्बीकाे बढी बसाेबास छ । काेराेना कहरका कारण यस वर्ष सबैले घर घरमा नै नमाज पढेर बकर इद मनाउँदैछन् । मुस्लिम समुदायकाे महान् पर्व बकर इदकाे अवसरमा सबै इस्लाम धर्मावलम्बीलाई शुभकामना ।