एक कोरोना सङ्क्रमितको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • प्रदेश १

    एक कोरोना सङ्क्रमितको निधन

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    विराटनगर । कोरोना भाइरस -कोभिड-१९) को संक्रमणबाट विराटनगरमा एक वृद्धको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका विराटनगर महानगरपालिका- ५ का ७७ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको हो ।

    उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासको समस्या भएपछि सोमबार विहान ९ बजे अस्पताल भर्ना गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।