कोरोनाबाट एकैदिन ५ हजार ८१० ले ज्यान गुमाए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    कोरोनाबाट एकैदिन ५ हजार ८१० ले ज्यान गुमाए

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०७७, मंगलवार

    काठमाडौ । सोमबार विश्वमा ५ हजार ८१० कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा ४१ कम हो । आइतबार ५ हजार ८५१ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

    विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ८६ हजार ७०३ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ७९ लाख १८ हजार ५८२ पुगेको छ ।  

    सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो । 

    पछिल्लो समय अफ्रिकन देशमा पनि कोरोना संक्रमण महामारीकै रुपमा फैलिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ । दक्षिण अफ्रिका विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिने देशको सूचिमा पाँचौ स्थानमा आइपुगेको छ ।