गण्डकी प्रदेशमा १२ काेराेना सङ्क्रमित थपिए (अपडेट)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा १२ काेराेना सङ्क्रमित थपिए (अपडेट)

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०७७, बुधबार

    पाेखरा । गण्डकी प्रदेशमा बुधबार १२ जना काेराेना सङ्क्रमित थपिएका छन् । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयराेग उपचार केन्द्रमा गरिएकाे परीक्षण अनुसार कास्की र बागलुङका १२ जनामा काेराेना पुष्टि भएकाे हाे ।

    स्वास्थ्य निर्देशनालयका अनुसार पाेखरा महानगरपालिकाका १० र बागलुङकाे गल्काेट र जैमिनीका १/१ जनामा काेराेना पुष्टि भएकाे हाे । थपिएकामध्ये पाेखरा महानगरपालिकाका १७, ४५, २१, २७, २०, २३, ३०, ५७, १७ र ३८ वर्षीय पुरुष रहेकाे स्वास्थ्य निर्देशक डा. विनाेदविन्दु शर्माले जानकारी दिनुभयाे । त्यस्तै गलकाेटका ३४ वर्षीय पुरुष र जैमिनीका २५ वर्षीया महिलामा काेराेना पुष्टि भएकाे छ । सबै सङ्क्रमितलाई आइसाेलेशन कक्षमा लैजाने तयारी भइरहेकाे उहाँले बताउनुभयाे ।

    याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या १ हजार ५ सय ५५ पुगेकाे छ भने निकाे हुनेकाे सङ्ख्या १ हजार ३ सय ६२ छ ।