समयमै ध्यान पुर्याऔं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सम्पादकीय

    समयमै ध्यान पुर्याऔं

    गाेरा मियाँ

    २१ श्रावण २०७७, बुधबार

    असार शुरु भएसँगै देशका विभिन्न भागमा अविरल वर्षा भयो । श्रावण र भाद्र पहिलो सातासम्म वर्षा हुने सम्भावना रहेको मौसम विभागले पूर्वानुमान गरेको छ । बेलाबखत गर्जन सहित मुसलधारे पानी परिरहेको छ । तनहुँमा पनि गत असार २९ र त्यसपछि परेको वर्षाले ठूला जनधनको क्षति पुगेको छ । अकल्पनीय बाढी पहिरो प्रकोपमा पारी १३ जनाले ज्यान गुमाएका छन् । तीन जना घाइते भएका छन् भने १ सय ५६ घरधुरी विस्थापित भएका छन् । वर्षे मौसम र लगातार परेको पानीले जोखिमयुक्त घरपरिवारका सबै सदस्यलाई विचल्ली बनाएको छ । ढुंगामाटोले बनेको घरदेखि पक्की आरसिसि घरहरु कतिबेला पहिरने हो भन्ने चिन्ता सर्वसाधारणलाई परेको छ । जीवनभर कमाएको सम्पत्तिले बल्लतल्ल बनाएको घरको हालत हेर्दै आँखाबाट आँशु झार्न बाध्य छन् । मानो रोपी मुरी फलाउने खोला किनारका बिर्ता फाँटहरु बाढीले जलमग्न भएका छन् । गाउँघरका टारी टाकुरा खेतमा रोपेको धानबाली बगरमा परिणत भएको छ । वर्ष दिन खान पुग्ने धानखेत बगर भएसँगै खेत हो की खोला भन्नेमा छुट्याउन मुस्किल परेको छ । अझै पनि मौसम अुनुकल हुने सम्भावना नरहेको अनुमान गरिएको छ । जसले गर्दा बाढी पहिरोको जोखिम टरिसकेको छैन । त्यसैले सर्वसाधारण अझै थप सजग र सतर्क रहनुपर्ने आवश्यकता छ ।

    भिरालो भएका ठाउँहरुमा बस्ती बसाल्ने र बस्ती भन्दा माथि जथाभावी सडक खन्ने प्रवृत्तिले गर्दा अहिले जिल्लामा पहिरोबाट सर्वसाधारणले अकालमा ज्यान गुमाउनुप¥यो । जोखिमयुक्त ठाउँहरुको पहिचान गरी त्यस्ता ठाउँमा जोखिम नियन्त्रणका लागि सम्बन्धित स्थानीय तहले पूर्व तयारी गरेको भए आज यो अवस्था आउने थिएन । प्राकृतिक प्रकोपलाई कसैले पनि रोक्न सक्दैन तर त्यसको लागि पूर्व तयारी भने गर्न सकिन्छ । आगामी दिनमा बाढी पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न सरोकारवाला निकायहरुले समयमै ध्यान पु¥याउनुपर्छ ।