मन्त्री चुमानको पिसीआर रिपोर्ट नेगेटिभ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मन्त्री चुमानको पिसीआर रिपोर्ट नेगेटिभ

    खबरपुञ्ज संवाददाता

    २२ श्रावण २०७७, शुक्रबार

    तनहुँ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अगाडी प्रहरी समायोजन सम्बन्धी काठमाडौमा भएको बैठकपछि प्रदेश नं २ का आन्तरिक मामिला तथा कानुनमन्त्रीलाई कोरोना पुष्टि भएपछि चुमानको शुक्रबार स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो ।

    प्रदेश नं २ का मन्त्रीलाई कोरोना पुष्टि भएपछि बैठकमा सँगै रहनुभएका मन्त्री चुमानको पनि कोरोना परीक्षण गरिएकामा रिपोर्ट नेगेटिभ आएको उहाँका स्वकीय सचिव रामहरि बजगाइँले जानकारी दिनुभयो । मन्त्री चुमानसँगै सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, सचिवालय र मन्त्रालयका कर्मचारीको पनि पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

    मन्त्री चुमानकाे स्वास्थ्यका सम्बन्धमा चासो राखी सुस्वास्थ्यको कामना गर्नुहुने सबैलाई उहाँकाे सचिवालयले धन्यवाद व्यक्त गरेकाे छ । सरकारद्वारा जारी गरिएका स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्ड पालना गरि कोरोनाको सङ्क्रमणबाट जोगिन सम्पूर्ण प्रदेशवासीलाई आग्रह गरिएकाे छ ।