पोखरा । गण्डकी प्रदेशमा सोमबार चार कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षण अनुसार कास्की, नवलपुर र स्याङ्जामा कोरोना सङ्क्रमित थपिएका हुन् ।
स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिका-१७ का ३० वर्षीय पुरुष, नवलपुरको बौदीकाली गाउँपालिका-४ का ३५ वर्षीय पुरुष र स्याङ्जाको वालिङ नगरपालिका-१४ का २७ वर्षीय पुरुष र वालिङ नगरपालिका-२ का ९ वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८३ नमूना परीक्षण गरिएको थियो ।