विदेशमा रहेका युवाको सहयोगमा गाउँमा मास्क र स्यानीटाइजर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    विदेशमा रहेका युवाको सहयोगमा गाउँमा मास्क र स्यानीटाइजर

    खबरपुञ्ज संवाददाता

    १ भाद्र २०७७, सोमबार

    तनहुँ । तनहुँको भानु नगरपालिका–१३ रयाले बर्खोला गाउँबाट वैदेशिक रोजगारमा गएका युवाहरुको सञ्जालले आफ्नो गाउँका सर्वसाधारणलाई मास्क र स्यानीटाइजर सहयोग गरेका छन् । कोभिड–१९ को जोखिम बढ्दै गइरहेकाले यसको जोखिम न्यूनीकरणका लागि विदेशमा रहेका युवाहरुले गाउँका सर्वसाधारणलाई स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।

    उक्त स्वास्थ्य सामग्री भयरथान टोल सुधार समितिका अध्यक्ष चन्द्र विवश गुरुङले सर्वसाधारणलाई सोमबार हस्तान्तरण गर्नुभयो । उहाँका अनुसार ३० घरपरिवारलाई मास्क, स्यानीटाइजर प्रदान गरिएको छ ।

    सङ्कटको घडीमा विदेशमा रहेर पनि आफ्नो गाउँवासीको स्वास्थ्य सुरक्षाप्रति चिन्ता व्यक्त गरेर सुरक्षा सामग्री सहयोग गर्ने कार्य सकारात्मक रहेको स्थानीयवासी एवं जिल्ला समन्वय समिति तनहुँका सदस्य गलबहादुर गुरुङले बताउनुभयो ।