कोभिड १९ का कारण सबै प्रभावित भएका छन्, सबै मिलेर यससँग जुध्ने तथा नियन्त्रण प्रयास गर्नुको विकल्प छैन । हाल अस्पतालहरु कोभिड संक्रमण फैलन सक्ने स्थान बनेको स्थिति छ, जस कारण कोभिड डेडिकेटेड अस्पताल बनाउनुपर्दछ भन्ने चिकित्सकहरुको जोड रहँदै आएको पनि छ । अस्पताल बिरामी भएर आउने स्थल हो तसर्थ संक्रमित पनि आउने सम्भावना रहन्छ । दमौली अस्पतालमा पनि कोभिड संक्रमित प्रहरी उपचारका लागि आएको बताइएको छ र यो क्रम अझै बढ्न सक्ने सम्भावनालाई नकार्न सकिंदैन ।
हाल बुधवार दमौली अस्पतालबाट शिशुहरुलाई खोप तथा भ्याक्सिन दिने गरिएको छ । वच्चा सहित अभिभावक पनि अस्पताल आउने हुँदा कथंकदाचित अस्पतालमा संक्रमण फैलियो भने बच्चा र अभिभावक मार्फत् यो घर घर पग्न सक्ने हूँदा संक्रमण अवधिभर खाली रहेका अन्य भवनबाट यो सेवा दिँदा जोखिमको न्यूनिकरण पक्कै हुनेछ । साथै कन्ट्रयाक्ट ट्रेसिङलाई अझ व्यवस्थित, चुस्त र छिटो गरियो भने समुदायमा हुने संक्रमणलाई रोक्ने एक मात्र उपाय हो हालका लागि । भानुमा आज डरलाग्दो संख्यामा कोभिड पोजिटिभ केश देखिएको छ । म्याग्देमा पनि देखिएको सर्वविदितै छ यस्तोमा एक पालिकाबाट अर्को पालिकामा सर्दैन भन्न सकिने अवस्था छैन । संक्रमण एक पालिकाबाट अर्को पालिकामा सरेको उदाहरण नै भेटिइसकेको अवस्था छ ।
कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन सवै पालिकाहरुले समन्वय र सूचना आदानप्रदानमा पनि सहकार्य गर्नुपर्ने आवश्यकता देखिएको छ । उदाहरणका लागि व्यासका एक व्यक्ति भानुको एक स्थानमा गएर संक्रमित भए साथै उनले त्यही नगरपालिकाको अन्य स्थानमा समेत सारेको अनुमान गरिएको छ र त्यस पछि उनी व्यासमा आएका छन् र परीक्षणका लागि म्याग्दे पुगेका थिए । म्याग्देमा स्वावको नमुना संकलन गरेका कारण उनलाई आइसोलेसनमा म्याग्देले लैजाने की व्यासले लैजाने, तेलको व्यवस्था कस्ले गर्ने जस्ता विषयमा हामी अल्झिएका छौँ ।
कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाएर स्वाव संकलन गरेर नै हो समुदायमा फैलिनबाट रोक्ने हालसम्म पक्ता लागेको उपाय, यस्तो अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङ प्रभावकारी हुन नसकेको अुनभव भएको छ । मैले यस अघि पनि कन्ट्रयाक्ट ट्रेसिङका लागि छुट्टै इकाइ गठन र थप जनशक्तिको आवश्यकता औँल्याउँदै लेखेको थिएं । सूचनालाई अझै पनि गम्भीरतापूर्वक लिइएको पाइएको छैन । यसले गम्भीर संकट नआउन भन्न सकिन्न ।
व्यक्तिले पनि संक्रमितसँग सम्पर्कमा आए पनि सामाजिक बहिष्कारको भयले ढाँटिरहेको अवस्था छ । अझै पनि ढिलाई नगरी सूचना संकलन र कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापकतामा जोड दिनु आजको टड्कारो आवश्यकता हो । महामारीसँग कुनै पनि तहको सरकार एक्लै लड्न अब सम्भव छैन । विराटनगरले यो विषय महिनौ पहिला उठाएको थियो, अहिले देशभर समुदायमा संक्रमण फैलिएको छ तसर्थ पालिका मात्रै नभई सर्वदलीय संयन्त्र सहित टोल विकास संस्थाहरु सहित क्लव वा सवै समुदायलाई साथमा लिएर वडा र टोल तहमा एउटा संयन्त्र नै गठन गरेर काम गर्न अब ढिलाई गर्न हुँदैन ।