कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको शव भेटियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    कालिकोट पहिरो अपडेट : एकै परिवारका ४ सहित १० जनाको शव भेटियो

    खबरपुञ्ज संवाददाता

    १५ भाद्र २०७७, सोमबार

    सुर्खेत– कालिकोटमा आइतबार गएको पहिरोमा परी एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ।

    कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा ४० वर्षे परेक शाही, उनका पाँच वर्षे छोरा निराजन शाही, दुई महिने छोरा अक्कल शाही र सात वर्षिया छोरी हिमा शाहीको घटनास्थलमै मृत्यु भएको हो। परेकी श्रीमति पुन्या शाही घाइते भएकी छिन् ।

    त्यस्तै पहिरोमा अर्को घरमा पनि एकै परिवारका तीन जनाको मृत्यु भएको छ। ३० वर्षे टेकबहादुर दमाइसहित उनकी श्रीमति २५ वर्षीया छोइनु दमाई र ६ वर्षे छोरा गजेन्द्र दमाईको पनि घटनास्थलमै मृत्यु भएको हो।

    सोही पहिरोमा परी ३५ वर्षे मनविर कटुवाल, ४० वर्षिया आइती खड्का र २४ वर्षे अमृत थापाको पनि मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो ।

    पहिरोमा घाइते पुन्या र अर्जुन हमालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ। घरमाथिबाट आएको सुख्खा पहिरोले नाग्म बजारका ४ वटा घर पुरेको हो । 

    यसैबीच घटनाप्रति कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्नुभएको छ । गृह जिल्लामा भएको घटनाका मृतकप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।