विगत केही महिनादेखि विश्वव्यापी महामारीको रुपमा फैलिदै आएको नोवल कोरोना भाइरस (कोभिड–१९) ले कुनै पनि देशलाई पनि छाडेन । यसले सिङ्गो संसारलाई नै सशङ्कित मात्रै बनाएन एक जैविक युद्ध मैदानसरी मडारिँदै जनमानसमा प्रहार गरिरह्यो । यसलाई नियन्त्रणका लागि खोप बनाउन विज्ञहरु अनुसन्धानकै रुपमा लागि परेका छन् ।
नेपालमा गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) शुरु भयो । जसले देशको सिङ्गो अर्थतन्त्रलाई डामाडोल बनायो । यो एउटा मानव–मानवमा फैलिने सरुवा रोग भन्ने भएर आम मानिसहरुमा डर, त्रास मात्रै नभई हाउगुजीको भ्रम सिर्जना ग¥यो । चैतदेखिको लकडाउन असार र साउन महिनासम्म आइपुग्दा केही समय विश्राम लियो र केही मानिहरुलाई लाग्दै निको हुँदै गरेको थियो । भदौ महिनामा टेक्दा नटेक्दै यही भाइरसले आफ्नो गतिको रफ्तार बढायो । जनमानसमा सङ्क्रमण दर उच्च देखिन थाल्यो र विस्तारै मृत्युको दर पनि देखा पर्दै गयो ।
कोरोना भाइरस एक सरुवा रोग हो । यो जो कोहीलाई पनि हुन सक्दछ । यो समय विपत्तिको अवस्था भएकाले उच्च सावधानी अपनाउनुपर्ने देखिएको छ । यसको लागि दिन र रात नभनी आफ्नो ज्यानको महत्व नराखी अहोरात्र खटिने सम्पूर्णमा हार्दिक नमन गर्नुपर्दछ, हौसला र सान्त्वना प्रदान गर्नुपर्दछ । हामीले सामाजिक दूरी कायम, स्यानीटाइजरको प्रयोग, मास्कको प्रयोग गर्ने, अनावश्यक रुपमा हिँडडुल नगर्ने जस्ता कुरामा सतर्कता, सावधानी अपनाउँदा अपनाउँदै समाजमा कोरोना सङ्क्रमण देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण देखिनु पाप होइन । यो शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बढी मात्रामा देखिन्छ । यस रोगसँग लड्नका लागि गुर्जो, कागती, बोझो, प्रशस्त मात्रामा तातोपानी, नश लिने, गेडागुडी जस्ता शक्तिबद्र्धक खानेकुराहरु, फलफूल, खानामा विशेष जोड दिनुपर्दछ । शरीरलाई फूर्तिलो, तन्दुरुस्त तथा शारीरिक व्यायामको माध्यमबाट शरीरलाई तातो र न्यानो बनाई राख्नुपर्दछ ।
घरमा सुरक्षित तवरले होम क्वारेन्टिन प्रभावकारी हुन्छ । तर समाजका व्यक्तिहरुले गर्ने व्यवहार, सोचले मटुमा काँडा बिझेसरी घोच्छ । यस लक्षणमा पुरुषको हकमा भन्दा नारी (महिला) को लागि कष्टकर र पीडादायी हुन्छ । त्यसमाथि महिलालाई महिनावारी तथा अन्य समस्याले कमजोर बनाई रहेको हुन्छ । हौसलता परै जाओस् कठ्ठै भन्ने पनि भेट्टिन मुस्किल हुन्छ । महिलाहरु शारीरिक रुपमा पुरुष भन्दा कमजोर हुन्छन् । पितृ सतात्मकको अन्त्य नभएसम्म जुनसुकै उच्च ओहोदाको पदमा पुगेपनि महिलालाई ५०% वा १००% अधिकार प्रदान गरेपनि त्यो केवल कागजी १% मा सीमित रहन्छ । तसर्थ सोच र व्यवहार बदलौं । तँ र म को विचारलाई अन्त्य गरि हामी भन्ने भावनाको विकास गरौं । पहिला समाज होइन, आफू बदलौ र नारीको हित, हिम्मत र समर्थनमा सहयोग गरौं ।
(आभार सहयोगः अनुज पण्डित, भानु-६)