सुस्केराको गति निरन्तर बढिरहेपनि यसको क्रम रोकिन सकेन । लाग्दथ्यो, जीवन आफैमा वोझ शिवाय केहि होईन, सोचको खण्डिकरणलाई चिर्न नसक्दा त्यसले दिने मानसिक तनाव रोग भन्दा खतरनाक वन्ने रहेछ । स्पन्दनको परिदृश्यमा देखिने सपना र कल्पनाले पुर्णताका आशमा गरिने परिणाम विहिन कर्म सधै धमलिएर गईदियो । यहि पेरिफेरिमा जीवनका उर्वर उमेरले नेटो काटेको पत्तै भएन । अत्यास र छटपटिएको पलले लाग्दथ्यो, सुख र सन्तोषका सास त केवल धर्तिवाट सासविहिन भएपछि मात्र प्राप्त हुनेछ । आखिर किन यति धेरै सोचको दरिद्रता ?मस्तिष्कमा घोत्लिने शिराहरु किन मानवको वशमा हुदैन कि वशमा राख्ने प्रयत्न आम मान्छेले गर्न सक्र्देन ? वाह्य अंगहरु नै परिचालन गर्ने अदृश्य शक्ति वोकेको मानसपटल किन यति धेरै तरल रहन्छ ? वर्षे भेलको त्यो डरलाग्दो आधी जस्तो चेतनशुन्य परिधिले किन मानवजातिलाई सधै वन्धक वनाईरहन्छ ? धर्तिको चक्र निरन्तर चलिरहयो, त्यसैगरि नकारात्मक तत्वको निरन्तरता पनि सधै वनिदियो । यहि निरन्तरताको वर्षाईमा छोपिएको पलहरु त्यसमा नै समाहित वनिदियो । लाग्दछ, मानव जाति यति धेरै अशान्ती र स्वार्थतामा किन वहकिन्छ होला ? मानव जातिको मुख्य उद्येश्य के हो ? सारमा यसको अर्थविहिनतामा जीवन घिस्रिरहदाँ सम्म पृथक जीवनको कल्पना भनेको सम्भव नहुने रहेछ ।
पल पलमा सोचमा आउने तरलता, समयको गति सँगै विलिन भएर कृष्ठामात्र राज गर्ने रहेछ । यहि नै आम जीवनको मुलमन्त्र रहेछ, जुन आम ले अंगालेको हुन्छ । यति धेरै तरलतामा प्रकृतिको त्यो अनुपमताको महत्व वुझन नसक्नु भनेको जीवनप्रतिको धोका मात्र रहेछ । साधनमा मात्र रम्ने प्रवृत्तिमा हुर्किएको मानव जाति संसारका अन्य जीव जन्तुको जीवनप्रति किन सम्वेदनशील वन्न सक्दैन । प्रकृतिको आयामलाई किन नियाल्न सक्दैन ? साध्य विनाको जीवनमा लतारिने अभिप्रायलाई किन आत्मासात गर्ने प्रयत्न गरिहनेछ ?
आवश्यकताको चरम आपुर्तिलाई जीवन ठान्नेहरुको भीडमा जव व्यक्ति हराउन थाल्दछ, तव जीवनमा अशान्तिको विजारोपण हुने रहेछ । सारमा जीवन र प्रकृतिको व्याख्यातामा सामिप्यता ल्याउने प्रयत्न गर्न सकिदैन, त्यसले दिने नतिजा पनि कुष्ठायुक्त जीवन मात्र रहेछ, जुन आम व्यक्तिहरुले व्यतित गरिरहेका छन् । न कसैले रोक्न सक्यो, न छेक्न नै । यति धेरै सत्यता प्रकृतिको छटामा रहिरहदाँ पनि हामी मानव जातिहरु सृष्टिको निरन्तरताको साध्यतामा अभ्यस्त वन्न किन सकेन ? स्वार्थता त केवल जीवनको परिभाषा नै होईन, भन्ने चेतनाको विकास हुदैन, तवसम्म मस्तिष्कको यो शिरामा असमान्य रक्तसंचार भईरहन्छ, त्यहि असमान्यताको कडिमा हामी भाग्यलाई दोष दिएर उम्कने असफल प्रयत्न गरिरहेका छौ । आवश्यकताको कुनै सिमा हुदैन भन्ने भाव आत्मासात गर्न नसक्दा समेत जीवन कदापी सार्थक र पृथक हुन सक्दोरहेनछ । अंसंख्यताको भीडमा वाँच्ने धर्तिका पात्रहरु मध्ये मानव जाति वाहेक अन्य जीव जन्तुहरु पनि प्रकृतिको अनुपमता शितलता ग्रहण गरिरहदाँ हामी किन यति धेरै कुष्ठित मानसिकताले ग्रसित वनिरहेका छौ ? अहं प्रश्न यहि वनिरहेको छ । वातावरण परिवर्तन भएता पनि प्रकृति सधै आफनै गतिमा वहिरहेको सन्र्दभमा प्रकृतिलाई नै चुनौती र अव्वल सोच्ने सोच नै जीवनका घातक पक्ष रहेछ, त्यसलाई नै हामीहरु अंगिकार गर्न प्रतिष्पर्धा गरिरहेका छौ । क्रिया प्रतिक्रिया समान्य नै भएता पनि त्यो पनि स्वाभाविक हुनपर्ने रहेछ ।
जीवनको विविधताको आयमभित्र स्वाभाविक क्रिया मात्र पाच्य हुन्छ, जुन प्रकृतिसम्मत सहज हुन्छ, त्यो सकारात्मक पक्ष बन्दछ । जुन त्यो विपरित प्रक्रिया वाट अगाडी वढ्दछ, त्यो नकारात्मक पक्ष वन्दछ । मानवग्रन्थीमा सकारात्मक पक्ष भन्दा नकारात्मक ग्रन्थीले राज गरेको सन्र्दभमा त्यसलाई चिर्न नसकेको अवस्था नै सोचको स्वखलित रुप रहेछ । कोण प्रतिकोण र सुत्रको सहि प्रयोग गरेता पनि त्यसको निचोड भनेको त्यसको सार नै हो । जुन हामीहरुले वुझन सकेका हुदैन, यहि कारण स्पन्दनको त्यो नरमतामा जर्जरताको प्रवेश अवश्यभावी वन्दै गईरहेको छ ।
रातको त्यो निष्पट अन्धकारमा शान्तिको खोजी गर्नेहरु सफल कदापी हुन सक्दैन, त्यो असंख्य भीडमा हराउनु आम भएता पनि खास हुन सक्दैन । यहि शितलता खोज्नेहरुको कमी नभएको सन्र्दभमा जीवनको सार खोज्ने मुर्खता कमैले गर्लान, यहि प्रक्रियामा संसार चलिरहेको छ र चलिरहनेछ ।
रातको अन्धकारमा होस वा विहानीको मिर्मिरेमा, घामको निष्पठ तापमा होस वा दिनको अन्त्यमा । प्रक्रियाको त्यो निरन्तरता भनेको प्रकृतिको नियम नै सर्वोपरि हो । प्रकृतिको त्यो सत्यतालाई वुझने प्रयत्न नगर्नु नै मानव जातिको कमजोरी हो, जुन कमजोरी हामीले अनादिकालसम्म गरिरहनेछौ ।