गण्डकी प्रदेशमा थपिए ६५ कोरोना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए ६५ कोरोना संक्रमित

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, शुक्रबार

    पोखरा : गण्डकी प्रदेशमा शुक्रबार थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा परिक्षणमा गण्डकी  प्रदेशमा शुक्रबार थप ६५ जनामा कोरोना पुष्टि भएको हो ।

    नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, पर्बतका २ जना र स्याङजाका २ जना रहेका छन् । कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना, तनहुँका १ जना र स्याङ्जा जिल्ला पुतलीबजार-१ का ४० बर्षीय १ जना गरि ४ जना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परिक्षणको लागि आएका हुन् ।

    त्यस्तै पोखरा महानगरपालिका, एमसिएच का ३२ बर्षीय पुरुष मेट्रोसिटी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी छन् भने ३५ बर्षीय महिला उपचारको लागि सोहि अस्पतालमा आएकी हुन् । त्यस्तै लमजुङ जिल्ला, बेशीसहरका २३ बर्षीय महिला लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

    त्यसैगरि तनहुँ जिल्ला, भानु नगरपालिकाका ५ जना सशत्र प्रहरीमा कार्यरत रहेका छन् । अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८१४ रहेको छ भने निको हुने दर ६४.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २७९५ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।