कोरोना भाइरस उपचार: कोभिड-१९ को खोप सबभन्दा पहिला कसले पाउला?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    कोरोना भाइरस उपचार: कोभिड-१९ को खोप सबभन्दा पहिला कसले पाउला?

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, आईतवार

    एजेन्सी : वैज्ञानिकहरूले जुन बेला कोरोनाभाइरसविरुद्ध खोप तयार पार्न सफलता पाउलान् त्यसबेला संसारका सबै जनाका लागि पुग्नेगरी त्यस्तो खोप उपलब्ध नहुन सक्छ। अनुसन्धान प्रयोगशालाहरू र औषधि उत्पादन गर्ने कम्पनीहरूले त्यस्तो प्रकारको प्रभावकारी खोप पत्ता लगाउने, तयार पार्ने, परीक्षण गर्ने र उत्पादन गर्ने सम्बन्धमा स्थापित यसअघिका नियममा ठूलै परिवर्तन गरिरहेका छन्।

    संसारभरि नै कोरोनाभाइरसको खोप पुर्‍याउन सकियोस् भनेर अभूतपूर्व कदमहरू चालिँदैछन्। तर त्यस्तो खोप सबैभन्दा पहिला प्राप्त गर्ने होडमा धनी देशहरू नै अगाडि रहनेछन् र सबैभन्दा कमजोरहरू पछाडि पर्नेछन् भन्ने विषयमा चिन्ताहरू व्यक्त भइरहेका छन्। उसोभए कोरोनाभाइरस विरुद्धको खोप सबैभन्दा पहिले कस्ले लगाउन पाउँछन् त? अनि त्यसको मूल्य कति पर्ला र यो विश्वव्यापी महामारीको समयमा कोही पनि खोप लगाउन पाउने अवसरबाट वञ्चित नहोऊन् भन्नका लागि के गर्नुपर्छ?

    सङ्क्रामक रोगहरूविरुद्धको खोप तयार पार्न, परीक्षण गर्न र जनमानसमा वितरण गर्न सामान्यतया निकै लामो समय लाग्छ।

    तैपनि तिनको प्रभावकारिताका बारे कुनै सुनिश्चितता हुँदैन। हालसम्मको अवस्थाको कुरा गर्ने हो भने खोप लगाएर मात्र एउटा सङ्क्रामक रोगलाई निर्मूल गर्न सकिएको छ। त्यो हो बिफर। तर त्यसका लागि २०० वर्ष लाग्यो। पोलियो, टेटानस, दादुरा र क्षयरोगजस्ता बाँकी सङ्क्रामक रोगहरूसँग हामी खोपको प्रयोगबाट जोगिएर बाँचिरहेका छौँ।

    कोरोनाभाइरस विरुद्धको खोप कति चाँडै प्राप्त गर्न सकिएला?

    कोरोनाभाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी रोग कोभिड-१९ बाट कुन खोपले जोगाउन सक्छ भन्ने पत्ता लगाउन हजारौँ मानिसहरू संलग्न भएका परीक्षणहरू अहिले जारी नै छन्। अनुसन्धानको चरणदेखि उत्पादन र वितरणको चरणसम्म पाँच देखि १० वर्ष लाग्ने प्रक्रियाको अवधिलाई केही महिनामा झारिएको छ। प्रभावकारी खोप उत्पादनका लागि लगानीकर्ता र उत्पादकहरूले अर्बौँ डलर दाउमा लगाएका छन्। रुसले उस्को स्पूत्निक-भी खोपको परीक्षणहरूले कोभिड-१९ का बिरामीमा रोगप्रतिरोधी क्षमता जगाउन सकेको सङ्केत देखाएको बताएको छ।

    बिबिसीबाट