कतार : कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले तत्काल बेरोजगार भइ कामको खोजीमा रहेकालाई रोजगारी दिने भएको छ । विशेष गरि मन्त्रालयले अदक्ष र अर्धदक्ष श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउन लागेको हो ।
सोही अनुरुप गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(एनसीसी) कतारमार्फत बेरोजगार नेपाली श्रमिकहरुको विवरण संकलन भइरहेको छ । कोही रोजगारीको खोजीमा भएमा गुगल फर्ममार्फत आफ्नो विवरण पेश गर्न सकिने एनससी कतारले जनाएको छ । हालको स्थितिमा अबैध भएका श्रमिकहरुले पनि विवरण पेश गरि रोजगारीको अवसर पाउन सक्ने एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान जानकारी दिनुभयाे ।