कोरोना सङ्क्रमितलाई लायन्सद्धारा फलफूल वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    कोरोना सङ्क्रमितलाई लायन्सद्धारा फलफूल वितरण

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : लायन्स क्लब अफ शुक्लागण्डकीले कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसाेलेशनमा बसेका र अस्पतालमा भर्ना भई उपचार गराईरहेकालाई फलफूल वितरण गरेको छ । बिहीबार जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा रहेका ४५ जनालाई फलफूल, अण्डा र पिउनेपानी वितरण गरिएको क्लबका अध्यक्ष मिनबहादुर लामिछानेले जानकारी दिनुभयाे ।

    उक्त सामग्री अस्पतालका डाक्टर विवेक श्रेष्ठलाई हस्तानतरण गरियाे । कार्यक्रममा लायन्स क्लब ३२५ वि वान नेपालका जोन चियर पर्सन प्रदिप थापाले कोरोना निको पार्ने कुनै औषधीमुलो नबनेकाले रोग प्रतिरोधात्मक क्षमता बढाएर जित्नुको विकल्प नभएको अवस्थामा फलफूल र अण्डा उपभोग गर्नु उत्तम हुने बताउनुभयाे । उहाँले लायन्स क्लबले निरन्तर सामाजिक कार्य गर्दै आइरहेकाे जानकारी दिनुभयाे ।

    यस्तै लायन्स क्लब अफ शुक्लगण्डकीका पूर्व अध्यक्ष सुमन आलेले जन्मदिनको अवसर पारेर पृथ्वीराजमार्ग सडक छेउ बसोबास गर्दै आएका दम्पतीलाई खाद्यन्न सामग्री र नगद सहयाेग गर्नुभएकाे छ ।