स्याङ्जा पहिरो : ९ जनाको मृत्यु, एककाे उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जा पहिरो : ९ जनाको मृत्यु, एककाे उद्धार

    खबरपुञ्ज संवाददाता

    ७ आश्विन २०७७, बिहीबार

    स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार गएको पहिरोले पुरिएर मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । माया नेपालीको घरमाथिबाट पहिरो खस्दा घर र गोठ पुरिएर ९ जनाको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    प्रहरीका अनुसार २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दिपक नेपाली, ६० वर्षीया सानी नेपाली, ९ वर्षीय विवश नेपाली, १४ वर्षीय विक्रम नेपाली, १९ वर्षीया विनिता नेपाली, २१ वर्षीय कुलदिप नेपाली र ६÷७ महिनाको बालकको शव फेला परेको छ ।

    प्रहरीका अनुसार १६ वर्षीया मनिषा नेपालीको उद्धार गरिएको र अवस्था गम्भीर छ । उनलाई उपचारका लागि पोखरा पठाइएको छ । उक्त घरमा दश जना रहेको भन्ने खुल्न आएकोमा ९ जना मृत अवस्थामा फेला परेको र एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।