सागर उदासको ‘जम्काभेट’ बजारमा (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सागर उदासको ‘जम्काभेट’ बजारमा (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०७७, आईतवार

    तनहुँ : नेपाली तारा सन्तोष लामाको आवाज र गीतकार सागर उदासको शब्दमा रहेको ‘जम्काभेट’ बाेलकाे गीतकाे भिडियो आतबारबाट बजारमा आएको छ । गीतमा हरि लम्सालकाे सङ्गीत छ ।

    पहाडकी रानी बन्दीपुर लगायत विभिन्न रमणिय स्थानमा छायाङ्कन गरिएको उक्त भिडियोमा आरभी सुनाम र सिम्रन श्रेष्ठको अभिनय रहेको छ । हाल अष्ट्रेलिया निवासी सुमन क्षत्रीको लगानीमा निर्माण भएको उक्त भिडियोको कोरियोग्राफी बबिता थापाको रहेको छ ।

    हाई फाइभ मल्डिमिडिया दमौलीमा पोष्ट प्रोडक्सन गरिएको भिडियोको छायाङ्कन र सम्पादन रमेश शर्माले गर्नुभएकाे छ । पछिल्लो समय मोडलिङमा सक्रिय मोडल सुदिप पौडेलले भिडियोको निर्देशन गर्नुभएकाे हाे । यस अघि मोडल पौडेलले नवराज थापाको श्वर रहेको ‘लाखौं तारा आकाशैमा’ बोलको गीतमा पनि निर्देशन गर्नुभएकाे थियाे । भिडियोमा रोशन शर्माले एसोसियट निर्देशक रुपमा काम गर्नुभएकाे छ ।

    भिडियोले सबैको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ । गीत हाइलाईस् नेपालको युटुब च्यानलबाट बजारमा आएको छ । गीतकार उदास गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष हुनुहुन्छ । गीतकार उदासले लामो समयदेखि मिलन, बिछोड, सामाजिक विकृति विसंगती, जीवन जगत तथा सङ्घर्ष लगायतका विषयमा गीत लेख्दै आउनुभएकाे छ ।