पोखरा महानगर प्रज्ञा–प्रतिष्ठानमा ११ जना सिफारिस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरा महानगर प्रज्ञा–प्रतिष्ठानमा ११ जना सिफारिस

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    पोखरा : पोखरा महानगरपालिकामा प्रज्ञा–प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले आइतबार पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश ज्ञवाली, सरस्वती श्रेष्ठ सरु, जीवन दाहाल, मिलन शेरचन, कृष्णप्रसाद भण्डारी, मोतीबहादुर कार्की (परिवर्तन), प्रतीक थापा र सुरज उपाध्यायको नाम सिफारिस गरेको हो ।

    पोखरा–७ का वडाध्यक्ष रामचन्द्र बरालको संयोजकत्वमा गठित सिफारिस समिति सदस्यमा विज्ञसदस्य मनकुमार श्रेष्ठ र महानगरका सूचना अधिकारी भरतराज पौडेल सदस्य हुनुहुन्थ्यो ।

    प्रतिष्ठानका संरक्षक रहेका मेयर मानबहादुर जिसीले कुलपति, उपकुलपति र परिषद् सदस्य एवं सदस्य चयन गर्नेछन् । तीमध्ये दुई परिषद् सदस्य र चार सभा सदस्य रहने व्यवस्था छ । सम्बन्धित विधाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तिहरूमध्ये दुई जना महिलासहित प्रमुखले तोकेको आठ जना सदस्य रहने व्यवस्था ऐनमा छ ।