डब्ल्यूएचओ प्रमुखले गरे कोरोना विरुद्धको भ्याक्सीन आउने समयको घोषणा !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • स्वास्थ्य

    डब्ल्यूएचओ प्रमुखले गरे कोरोना विरुद्धको भ्याक्सीन आउने समयको घोषणा !

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    एजेन्सी : कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै ४ हजार भन्दा धेरै संक्रमितको मृत्यु भईरहेको छ भने लाखौँ संक्रमितहरु थपिइरहेका छन् ।गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ ।

    वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि हालसम्म कुनै ठूलो सफलता हात पार्न सकेका छैनन् ।यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डाक्टर टड्रोस अधोनम घेब्रेयेससले एक सुरक्षित भ्याक्सीन यस वर्षको अन्तिम समयसम्म आईसक्ने बताउनुभएकाे छ ।

    साथै उहाँले संसारका सबै नेताहरुलाई भ्याक्सीन समान रुपले वितरण गर्ने बताउनुभएकाे छ । डब्ल्यूएचओको कार्यकारी बोर्डको बैठकमा उहाँले भन्नुभयाे, ‘हामीलाई भ्याक्सीनको आवश्यक्ता छ, हामीले यो वर्षको अन्तिमसम्ममा पाउने छौँ, हामीलाई एक अर्काको आवश्यक्ता छ, हामीलाई एकजुटको आवश्यक्ता छ र हामी सबै मिलेर कोरोनासँग लड्न आवश्यक छ ।’