जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित पाँच जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित पाँच जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७७, बुधबार

    जाजरकोट : जाजरकोटमा बुधबार दिउँसो जीप दुर्घटना हुँदा वडाध्यक्ष सहित पाँच जनाको मृत्यु भएको छ। खलंगाबाट जॉदै गरेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाउँपालिका–१ को लोड्नीमा दुर्घटना हुँदा जुनीचाँदे-११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ। 

    जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले मृत्यु हुनेमा वडाध्यक्षसहित सोही गाउँपालिका वडा नं. ५ का २९ वर्षीय कृष्णबहादुर शाही, वडा नं. ११ का ६० वर्षीय कृतिबहादुर शाही र ३० वर्षीय खेमबहादुर शाही तथा वडा नं. ५ की ३२ वर्षीया मालिका बस्नेत रहेको जानकारी दिनुभयो ।
    उनका अनुसार, घटनास्थलमा प्रहरी टोली पुगेर शव निकाल्नुको साथै घाइते एक जनाको उद्धार गरिएको छ।  जीप सडकबाट करीब ५०० मिटर तल खसेको बताइएको छ।