तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित बजार क्षेत्रमा सञ्चालित पसलले मूल्यसुची नराखेको भेटिएको छ । गाउँपालिकाले बुधबार गरेको अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसुची नभेटिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले आठ वटा पसल अनुगमन गर्दा धेरैजसोमा मूल्यसुची नभेटिएको जानकारी दिनुभयो । साथै अन्य निकायमा दर्ता भएपनि गाउँपालिकामा पसल दर्ता नगरेको भेटिएको पोख्रेलले बताउनुभयो ।
पोख्रेलका अनुुसार ग्राहकले देखिने ठाउँमा मूल्यसुची राख्न र व्यवसाय गाउँपालिकामा दर्ता गर्न व्यवसायीलाई निर्देशन दिइएको छ । नजिकिदै गरेको नेपालीहरुको महान् पर्व दशैंतिहार लक्षित गरी शुरु गरिएको अनुगमनलाई निरन्तरता दिइने पोख्रेलले बताउनुभयो ।