गण्डकीमा शुक्रबार थप ७८ जनामा कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा शुक्रबार थप ७८ जनामा कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७७, शुक्रबार

    पोखरा : गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । थपिने संक्रमितमा नवलपुरका सबैभन्दा धेरै छन् । नवलपुरमा मात्रै ३८ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । थपिने देबचुलीका  १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् । 

    त्यसैगरी अन्य संक्रमितमा कास्कीका १९ ,बागलुङका सात,तनहुँका छ ,गोरखाका पाँच र लमजुङका तीन जना छन् । 

    योसंगै प्रदेशमा संक्रमित हुनेको संख्या पाँच हजार चार सय ३४ पुगेको छ । गण्डकी प्रदेशमा बिहीबार मात्रै अहिलेसम्मकै सबैभन्दा धेरै एक सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।