फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज, हल खुल्नासाथ प्रदर्शनमा आउने दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज, हल खुल्नासाथ प्रदर्शनमा आउने दावी

    खबरपुञ्ज संवाददाता

    ३० आश्विन २०७७, शनिबार

    काठमाडाै : चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज गरिएको छ।  शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरको छोरी कबिता मानन्धरको डेब्यु फिल्म त्यो पनि जोडिका रुपमा भएकोले पनि फिल्मको चर्चा बढी छ।

    नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्म मार्फत नेपाली र सम्वन्धित देशको कला सँस्कृतीको उत्थानमा योगदान दिएका कलाकार शिव श्रेष्ठ आफैले हालको कोभिड १९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई  नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको निर्देशक दिपेस सापकोटाको भनाइ छ।

    २०७४ चैत्र ३० गते उपराष्टपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियोे।  ‘मल्टी स्टार’ र ‘बिग बजेट’ फिल्म भएकाले सुटिङ सक्न केही लामो समय लागेको निर्माण युनिटको स्विकारोक्ती छ।  यस अगाडि निर्माण गरेको फिल्म बाग्मती ब्यवसयिक रुपमा सन्तोषजनक नभए पनि निर्माता यसोधा राई र दिनेश दर्शनधारीले नेपाली फिल्म प्रतिको सद्भाव प्रष्ट पर्दै नेपाल सरकारले फिल्म प्रदर्शनको बाटो खोल्नासाथ एउटा यस्तो प्रेम कहानी हलमा प्रदर्शन गर्ने जमर्को गर्नुलाई सापकोटा सह्रानिय भएको बताउँछन्।

    आज रिलिज गरिएको दोश्रो टिजरमा माया र सम्बेदनालाई सम्बोधन गर्ने दृश्य समेटिएका छन्। यसै फिल्म मार्फत डिब्युको तयारी गरेका शक्ति श्रेष्ठ र कविता मानन्धर यो दोश्रो टिजरमा आएर समिटिएका छन्। डेब्यु भए पनि उनीहरुले फिल्ममा गरेको मेहनत र अनुभवी कलाकार झै गरेको जिवन्त अभिनयले फिल्मको रौनक बढाउने फिल्म युनिटको अपेक्षा छ।
    फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मको निर्माता यसोधा राई र दिनेश दर्शनधारी र सह निर्माता  खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर छन् ।