गण्डकी प्रदेशमा थप दुई काेराेना सङ्रक्रमितकाे निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थप दुई काेराेना सङ्रक्रमितकाे निधन

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    पाेखरा : नवलपुर (बर्दघाट-सुस्ता पूर्व)का एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका-१२ का ८५ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धाको ३० गते मृत्यु भएको हो । उनलाई दम र निमोनियाको समस्या थियो । यस्तै, ३० गते नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखारमा पनि एकजना महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-३ की ५६ वर्षीया ती महिलालाई हालसम्म कोरोनाले मृत्यु हुनेको संख्यामा समावेश गरिएको थिएन ।

    यससँगै गण्‍डकीमा कोरोना संक्रमणले मृत्यु हुनेहरुको संख्या ५३ पुगेको निर्देशनालयले जनाएको छ ।