मुनाल सहकारीको नाफा ६१ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    मुनाल सहकारीको नाफा ६१ लाख

    खबरपुञ्ज संवाददाता

    ६ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : दुलेगौँडाको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी ३ करोड ५० लाख ८० हजार १ सय रुपैयाँ पुगेको छ । ३ करोड ४७ लाख ९७ हजार १ सय रुपैयाँ पुँजी रहेकामा गत आर्थिक वर्षमा २ लाख ८३ हजार रुपैयाँ बृद्धी भएको शहकारीकी प्रबन्धक टेकी थापा मगरले जानकारी दिनुभयो । उहाँको अनुसार सहकारीमा शेयर सदस्य संख्या ४ सय ७८ पुगेको छ ।


    कोरोना कहरकाबीच सम्पन्न भएको आठौँ साधरणसभामा प्रस्तुत भएको वर्षिक प्रतिवेदनबारे जानकारी दिँदै अध्यक्ष प्रदिप थापाले गत आर्थिक बर्षमा ६१ लाख रुपैयाँ मुनाफा गरेको बताउनुभयो । शहकारीले ११ करोड ५९ लाख ४९ हजार ८ सय ९१ रुपैयाँ कर्जा प्रवाहा भएको छ भने १० करोड २७ लाख ९३ हजार ९ सय १६ रुपैयाँ बचत छ । कोरोनाले विगतक वर्षमा जस्तो भिडभाड गरेर साधरणसभा नभएपनि यसपाली शेयर सदस्यले शहकारीमा आएर बार्षिक प्रतिवेदन अध्ययन गरी दिएको सुझावका आधारमा आगामी बर्षको कार्ययोजना बनाईएको थापाले बताउनुभयो ।


    ८ बर्ष अगाडी स्थापित सहकारीले दुलेगौँडाको मुख्य बजारमा प्रधान कार्यालयबाट सेवा दिँदै आईरहेको छ । ग्राहकको सहजताका लागी स्याङजाको साँलडाँडामा शाखा कार्यालयबाट सेवा दिने गरेको छ ।