मिर्गाैला पीडित थापालाई ४५ हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    मिर्गाैला पीडित थापालाई ४५ हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–३ अर्चल्दी निवासी दुवै मिर्गौला पीडित २१ वर्षीय सुशील थापाको उपचारका लागि रु ४५ हजार सहयोग गरिएको छ । सुशील थापा मगर बचाउ अभियान मार्फत् सङ्कलन भएको उक्त रकम पीडितको उपचारका लागि सहयोग गरिएको हो ।

    उक्त रकम पीडितका माइला दाई टेकबहादुर थापालाई हस्तान्तरण गरिएको छ । पीडितको उपचारका लागि भीमाद घर भई दुवईमा रहनुभएका प्रेम थापाले रु दश हजार, भानुका बाबुराजा गुरुङले रु छ हजार ८ सय, देवघाटका कृष्ण रानाभाटले रु छ हजार, साइप्रसमा रहनुभएका देवी पुन मगरले रु पाँच हजार ६ सय ९९, ऋषिङका धनप्रसाद थापाले रु तीन हजार ६ सय ५५ सहयोग गर्नुभएको छ ।