जनप्रतिनिधिको दशैं भत्ता मिर्गौला पीडितलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    जनप्रतिनिधिको दशैं भत्ता मिर्गौला पीडितलाई

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका–४ का वडाध्यक्ष भोजराज रानाभाटले दशैं भत्ता बापतको रकम मिर्गाैला पीडितलाई सहयोग गर्नुभएको छ । दशैं भत्ता बापतको रु २० हजार वडाध्यक्ष रानाभाटले गाउँपालिकाभित्रका पाँच मिर्गौला पीडितलाई सहयोग गर्नुभएको हो ।

    पाँच जना मिर्गौला पीडितलाई रु चार÷चार हजारका दरले रकम प्रदान गरेको वडाध्यक्ष रानाभाटले जानकारी दिनुभयो । देश कोरोनाको सङ्कटमा भएका बेला चाडपर्व भत्ता लिन उचित नलागेपछि जनताकै सेवामा उक्त रकम खर्च गरेको रानाभाटले बताउनुभयो ।

    सोही गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनुमाया थापा, वडा नं १ का अध्यक्ष श्रीबहादुर आले, वडा नं २ का अध्यक्ष खेमबहादुर राना, वडा नं ३ का अध्यक्ष दुर्गाबहादुर राना, वडा नं ६ का अध्यक्ष भक्तबहादुर आले, वडा नं ८ का अध्यक्ष भविसरा आले, कार्यपालिका सदस्य एवं प्रवक्ता विजय दरैले दशैं भत्ता यस अगाडी नै कोभिड कोषमा जम्मा गरिसक्नुभएको छ ।

    जिल्लाका अन्य चार नगरपालिका र पाँच गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले पनि दशैं भत्ता कोभिड कोषमा जम्मा गरिसक्नुभएको छ ।