सालको पात बेच्ने आमालाई सञ्चारकर्मी परियारको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    सालको पात बेच्ने आमालाई सञ्चारकर्मी परियारको सहयोग

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : सालको पात बेचेर जीवन निर्वाह गर्ने ऋषिङ-१ निवासी नन्दकुमारी दवाडीलाई दमौली एफएममा कार्यरत राजेन्द्र परियारले खाद्यान्न सहयोग गर्नुभएको छ । विगत लामो समयदेखि दमौली बजारमा सालको पात बेच्दै आउनुभएकी आमालाई सञ्चारकर्मी परियारले शुक्रबार घरमै पुगेर चामल,दाल,सोयाबिन बिस्कुट लगायतका खाद्यान्न सामग्री सहयोग गर्नुभएको हो ।

    परियारले भन्नुभयो, “जाडोको मौसम छ, आमालाई खानाको अभाव छ भन्ने सुनेर खाद्यान्न सहयोग गरेको हूँ ।” खाद्यान्न सहयोग गरेकामा दवाडीले आभार व्यक्त गर्नुभयो ।