सालकाे पात बेच्ने आमालाई जापानबाट सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    सालकाे पात बेच्ने आमालाई जापानबाट सहयोग

    खबरपुञ्ज संवाददाता

    ४ मंसिर २०७७, बिहीबार

    तनहुँ : विगत लामो समयदेखि तनहुँको सदरमुकाम दमौलीमा सालको पात बेच्दै जीवन निर्वाह गर्नुभएकी ऋषिङ गाउँपालिका-१ निवासी नन्दकुमारी दवाडीलाई जापानबाट एक युवाले सहयोग गर्नुभएकाे छ ।

    पोखरा घर भइ हाल जापान बस्दै आउनुभएका सुजन लालचनले रु दश हजार छ सय बराबरको भाडा, खाद्यान्न गर्नुभएकाे हाे । दमौलीका युवा सुमन श्रेष्ठ मार्फत् लालचनले उक्त सहयाेग गर्नुभएकाे हाे । बिहीबार दवाडीलाई घरमै पुगेर खाना पकाउने फलामे चुलो, खाद्यान्न र जाडोलाई लक्षित गरेर म्याट र ओढ्नका लागि सिरक लगायतका सामग्री हस्तान्तरण गरिएकाे छ ।