जन्मदिनमा उज्ज्यालो घरलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जन्मदिनमा उज्ज्यालो घरलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१० बैरेनिस्थित उज्यालो घर बालगृहका बालबालिकालाई एक ब्रिटिश सैनिकले ब्ल्यांकेट सहयोग गरेका छन् ।व्यास-२ मामाघर तथा काठमाडौं निवासी हिलसन तमाङले आफ्नो जन्म दिनका अवसरमा उज्यालो घर बाल आश्रमलाई ब्ल्याङ्ग्केट सहयोग गर्नुभएको हो ।

    चिसोमा पर्याप्त न्यानो ओड्ने नभएको सुनेपछि हाल बेलायत फौजमा रहनुभएका तामाङले जेनेसिस किन्डर वर्ल्डकी सञ्चालिका सुशीला राईमार्फत ६ ब्ल्यांकेट सहयोग गर्नुभएको हो।  राईले गृहका अध्यक्ष सागर घिमिरेलाईसहयोग हस्तान्तरण गर्नुभयो ।

    बालगृहका अध्यक्ष  घिमिरेले जन्मदिनका अवसरमा आवश्यक सहयोग गरेको भन्दै तामाङलाई धन्यवाद दिनुभयो ।