तनहुँ : तनहुँमा शुक्रबार चार कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र भानु नगरपालिकामा चार कोरोना सङ्क्रमित थपिएका हुन् ।
व्यास नगरपालिकामा तीन र भानु नगरपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास-१ का ३८,३९ र १७ वर्षीय पुरुष र भानु-४ का २१ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।