विकसित मुलुकहरुमा कृषि गर्व गर्न लायक पेशाको रुपमा स्थापित भइसेकेको छ । कृषि प्रधान मुलुक भनेर कहलिएको नेपालमा भने अझैपनि कृषि र कृषकप्रति हेर्ने दृष्टिकोण तल्लोस्तरको छ । कृषक भनेर छाती फराकिलो बनाएर परिचय दिने अवस्था सिर्जना हुन सकेको छैन् । विश्व अर्थतन्त्रमा निकै अगाडी रहेका राष्ट्रहरु चिन र दक्षिण कोरियासंगै मरुभुमीको देश ईजरायलले कृषिलाई अंगालेर नै सक्षम बनेका छन् । यी देशका कृषि प्रणाली र प्रविधीले विश्वको ध्यान तानेको छ । त्यति मात्र हैन सिंचाई, भण्डारण, बजारीकरण, प्रशोधनमा पनि अब्बल छ । जस्ले युवा पंक्तिलाई सहजै आकर्षित गर्दछ । कृषि पेशा निर्वहाको लागि नभई विकसित मुलुकहरुमा व्यवसायको रुपमा स्थापित छ । तर, नेपालमा कृषि पेशा र कृषि प्रणालिलाई हेर्ने र अध्ययन गर्ने पद्धति फरक छ । त्यसलाई मसिनो गरेर केलाउन आवश्यक छ ।
नेपाल भौगोलिक रूपमा इजरायलभन्दा भन्डै सात गुणा ठूलो छ । इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छ । बर्षा अक्कल झुक्कल हुन्छ । कुल जनसंख्यामध्ये १.७ प्रतिशत अर्थात् ७२ हजार जनता मात्र कृषि पेशामा आबद्ध छन् । तैपनी ईजरायली जनताले पर्याप्त परिमाणमा तरकारी र फलफूल उत्पादन गरी २१ मुलुकमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै आएका छन् । नेपालमा कुल जनसंख्याको ६५ प्रतिशत (झण्डै १ करोड ९० लाख) जनता कृषि पेशामा आबद्ध छन् । नेपाल कृषि प्रधान मुलुक भनेर चिनिन्छ । कुल खेतीयोग्य भूमि करिब ३१ लाख ९५ हजार एक सय ७३ हेक्टर छ । तर, यही मुलुक कृषिमा परनिर्भरता चुलिएको छ ।
तथ्याङ्कले के देखाउछ भने नेपाल कृषक प्रधान मुलुक त हो तर, १४ खर्बको बार्षिक बजेट हुने देशमा करिब २ खर्बको त कृषि जन्य वस्तुहरुकै आयातमै खर्च हुन्छ भने त्यसले कसरी कृषि व्यवसायमा फड्को मार्ला ? नेपालमा कतिपयले कृषिलाई व्यवसायको रुपमा नभएर बाध्यता ठानेर गरिरहेका छन् । कम उत्पादकत्व भएको जमिनमा सिंचाईको अभाव, प्राविधिक र प्रविधिको पहुँच नभएर बाध्यताले बेरोजगार विपन्न परिवार दैनिक गुजारा टार्न निर्वाहमुखी कृषिलाई अंगालीरहेको अवस्था विद्धमान छ । समथर, प्रविधी र प्राविधीकको पहुँचमा भएका जमिन चिराचिरा परी घडेरीमा रुपान्तरण गरिएको छ । बेतुकको शहर तयार पार्ने होडबाजी छ ।
विकसित मुलुकमा ज्ञान, सिप, अनुभव प्राविधिक ज्ञान र प्रविधिको भरपुर प्रयोग गरी गर्ने कृषि हामी नेपालीले बाध्यताको निर्वाहमुखी कृषि गरिरहेका छौँ । नत हामीसंग सिप छ । न आधारभूत ज्ञान नै । रहर र होडबाजीले गरेको कृषीले सम्बृद्धीको दिशामा कदापी लैजानेवाला छैन् ।
हामीकहाँ कृषी सम्बन्धी ज्ञान, सिप र आधुनिक प्रविधी र प्राििवधीक भए पक्कै अविकसित राष्ट्रबाट विकसित मुलुकमा परिवर्तन हुन विदेशी अनुदानमा भर पर्नु पर्थेन । हामिसंग जमिन, जल र जंगल त यथेष्ट छ । तर, प्राविधिक सिप र ज्ञान नभएका कारण निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिकतामा ढाल्न सकिरहेका छैनौँ । तसर्थ लाखौँ युवा बेरोजगारीको पिडा भोगेर विदेशीनुको विकल्प छैैन्् । ग्रामिण भेगमा सिंचाईको अभाव छ । अर्कोतर्फ जलस्रोतले धनि मानिने मेरो देशको पानी बगेरै खेरा गईरहेको छ । कृषि पेशालाई व्यवसाय र व्यवसायिक बनाउन प्राविधक ज्ञान र सिपसंगै गहिरो अध्ययन चाहिन्छ । यदि त्यसो हुन सकेन भने कृषि पेशा गर्न सकिदैन भन्ने त हुदैैन । गर्न सकिन्छ पनि । तर, व्यवसायिक रुपमा सफल हुदैन् । निर्वाहका लागि मात्र कृषिमा समर्पित हुनुपर्ने बाध्यता रहन्छ भन्नेमा दुईमत पक्कै नहोला ।
वर्तमान समय कोरोना भाईरसका कारण विश्व नै आक्रान्त छ । यसबाट अछुतो नेपाल पनि छैन् । यो समय बैंक र वित्तिय संस्थाहरुले कृषि उत्पादनका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउन नेपाल सरकारको निति तथा कार्यक्रमले बाध्यकारी अवस्था सृजना गरेको छ । साथै विदेशबाट रोजीरोटी गुमाएर स्वदेश फर्किएका लाखाँैलाख युवाहरुको बाध्यता प्राविधिक ज्ञान, सिप र क्षमता विना कृषिमा ऋण गरेरै भए पनि लगानी गर्न उत्साहित छन्् । अन्यको तुलनामा कृषि ऋण सस्तो भएकाले सहुलियत ऋण प्राप्त गर्नकै लागी बाध्यताले फर्म दर्ता गरी नाम मात्रको कृषीमा लाग्नेको ताँती छ । यसले राम्रो क्षेत्रमा लगानी गरेको कुरा नकार्न सकिदैन् तर व्यवसायिक उत्पादनका हिसाबले अगाडी बढ्न चुनौती नै छ ।
विश्व समुदाय अहिले लकडाउन पछिको असहज परिस्थितिमा फुर्सदिलो देखिन्छन् । उद्योग, कलकारखाना, यातायात लगायतका क्षेत्र ठप्प छन् । रोजगारी गुमाएका युवामा अब के गर्ने भन्ने चिन्ताले निद हराम गराएको छ । प्रविधिको युगमा सबैको हात हातमा मोबाईल ईन्टरनेट छ । लाखौँ युवाले सुरक्षित लगानीको क्षेत्र बारे युट्युबमा सर्च गरिरहेका हुन्छन् । व्यवसायिक कृषी र पशुपाालनका विधी र प्रविधीको भिडियो हेर्दा सोचै झै सफल भइन्छ र लगानी सुरक्षित हुन्छ भन्ने उत्साह युवाहरुमा देखिन्छ । युवा पंक्तिमा कृषी र पशुपालनको हुटहुटी जागेको छ । जस कारण कृषी र पशुपालनमा लाग्ने जोश बढाएको छ । । तसर्थ लाखौँ युवालाई कृषि पेशालाई रहरको रुपमा गर्न बाध्य बनाएको छ ।
के साँच्चिकै कृषि पेशा देखेको सुनेको जस्तै हुन्छ त ? अध्ययन गर्न जरुरी छैन र ? अन्य व्यवसायको तुलनामा कोरोना भाईरसको संक्रमणकालिन समयको प्रभाव कृषि क्षेत्रमा कम परेको जस्तो देखिन्छ । यातायात, पर्यटन, उद्योग जस्ता अन्य क्षेत्रहरु सकसको अवस्थामा रहदा ति व्यवसाय गरिरहेका व्यवसायीहरु कृषि पेशा गर्नलाई बाध्यता र रहरको रुपमा विकास हुन खोजेको छ ।
अन्ततः कृषि पेशालाई विगत बाट समिक्षा गर्ने हो भने सम्मानित पेशा हुन सकेको छैन् । गाउँका गरिब र विपन्नले अपनाउने पेशाको परिचय छ कृषिको । बाध्यताले गरिरहेको कृषि पेशाबाट रहर र व्यबसायको रुपमा बिकास हुदैँछ । साँच्चै कृषिलाई व्यवासयको रुपमा गर्ने हो भने ज्ञान, सिप, दक्षता र आवश्यक पर्ने जनशक्ति व्यवस्थापन सहित अबको दिनमा बाध्यता र रहरले हैन व्यबसाय र व्यापारसंगै कृषिलाई उद्योगको रुपमा बिकाास गर्नलाई लगानी गर्न जरुरी छ । जसले छाक टान, जिविका निर्वाहा गर्ने हैन, बाध्यता पनि हैन र रहर पनि नभए सुरक्षित र लगानिको प्रतिफल पाउने निश्चित प्राय उद्योगको रुपमा बिकास हुन आवश्यक छ।
कृषि क्षेत्रमा विश्वविद्यालयबाट डिग्री हासिल गरेर प्राज्ञिक क्षमता भएका लाखौ युवाहरुलाई रोजगारीको सृजना गर्न सकिन्छ । अर्कोतिर कृषि अध्ययनका लागि समुदायस्तरमा राम्रो प्रभाव बढ्ने छ । हरेक समुदायमा हरेक परिवारका कोहि न कोही कृषि बिषयको अध्ययन गरेपनि कृषिको आधारभुत ज्ञान समुदायमा सहज रुपमा पु¥याउन सकिनेछ । अहिलेको अवस्था परिवर्तन तथा निर्वाहामुखी कृषि प्रणाली बाध्यता र रहरले गरिने कृषि व्यवसायको रुपमा अगाडि बढ्न सक्छ ।
लगानी, श्रमशक्ति र मेहनतले कृषि व्यवसाय सफल हुन्छ भन्ने अपेक्षा छ भने त्यो त्यागेकै राम्रो । कृषि फराकिलो जिवित विज्ञान हो । विज्ञानका विधि, प्रविधि र प्राविधिक ज्ञान बुझेको दिन मात्र कृषिलाई व्यवसायका रुपमा बुझ्न सकिन्छ । त्यो दिनको कल्पनाका लागी आधारभुत तहबाटै कृषि अध्ययनका लागि पहल गरिनुपर्छ । कृषिमा लाग्न प्राविधिक ज्ञान सिप तथा आधारभुत तालिम अपरिहार्य छ । अब कृषकले एक छाक खान र एक जोर बस्त्र फेर्नलाई अपहेलित निर्वहामुखि कृषि गरेर हुदैन् । कम्तीमा आवश्यक परेको बेला र समयमा कम्प्युटर निकालेर प्रशिक्षण दिन सक्ने सवल अनि सक्षक कृषक बन्नु समयको माग हो । आफ्नै माटोमा श्रमको मुल्य पाउने गरी गरिनुपर्छ । पराईको भूमीमा परिवारजनबाट टाढा रहेर १६ घण्टा पसिना बगाए जस्तै मेहनत हुनुपर्छ । बाध्यताका लागि गरिने कृषिलाई अब शिक्षित प्राज्ञिक जनशक्तिले व्यवस्थापन गरेर सम्बृद्धीको यात्रामा लम्कनुपर्छ । त्यसका लागी युवापंक्तिकको उर्जालाई प्रयोगमा ल्याउन राज्यपक्षबाट पनि पहल आवश्यक छ ।
(लेखक इजरायलयबाट आधुनिक कृषि प्रविधि अध्ययन गरी फर्किएका विद्यार्थी हुनुहुन्छ। उहाँले हाल भिमाद नगरपालिका–९ पाथर्दी तनहुँमा सृजनशिल बाख्रा फार्म सञ्चालन गर्नुभएकाे छ)