‘लैगिक हिंसाको अन्त्यको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता’, भन्ने मूल नाराका साथ गत बुधबारदेखि शुरु भएको १६ दिने लैगिक हिंसा विरुद्धको अभियान कोरोना महामारीका कारण विगत बर्षमा जस्तै सडक र सभामा घनिभुत हुन सकेको छैन् । तैपनि हरेक बर्ष जस्तै २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म मनाईने १६ दिने लैगिंक हिसाको विरुद्धको अभियानमा ऐक्यवद्धता जनाउँन खाँचो छ । लैगिक हिंसा भन्ने वित्तिकै सामान्य वुझाईमा लिंगको आधारमा हुने हिंसा, यातना, दुव्र्यवहार, विभेदलाइ बुझाउदछ । सरसर्ती हेर्दा विश्वभर नै पुरुषको तुलनामा महिला माथी लिंगको आधारमा धेरै हिंसा हुने तथ्याङ्कका आधारमा पनि लैगिंक हिंसा भन्ने वित्तिकै महिला माथिको हिंसा भन्ने बुझिन्छ । खास महिला, पुरूष अथवा तेस्रो लिंगी भएकै आधारमा पेशा, अध्ययन, कार्यस्थल, परिवार, समाजमा हुने घृणा, कूटपिट, यौनजन्य दुराचार, डरत्रास, धम्कि, श्रम शोषण आदी आदी लैंगिक हिंसा ।
नेपाल मात्र नभई विश्वभरीको तथ्याङ्क हेर्ने हो भने पनि महिलाहरु लैगिक हिंसाबाट पिडित भएका कारण मुल धारमा आउन सकेका छैनन् । विश्वलाईनै आतंकित बनाएको कोभिड १९ कारण झन धेरै लैगिक हिंसाका घटनाहरु झनै धेरै भएको पाईएको छ । विश्वका अन्य विकसित राष्ट्रहरुको तुलनामा नेपालमा महिला हिंसाको घटना धेरै हुने गरेको पाईन्छ । कोभिडका कारण क्वारेन्टाईनमा रहेकी महिला माथि स्वास्थ्य तथा सुरक्षाकर्मि समेतबाट बलत्कारको घटना हुनुले हाम्रो देश लैगिक हिंसाको मामलामा कति धेरै संवेदनसिल छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । केही दिन अघि एक बालिकाको अपहरण पछि भएकाो बलत्कारको घटनाले पुर्वी तराईको केही जिल्लामा कफ्युनै लगाउनु पर्ने अवस्था आएको छ ।
विश्वभर एकैसाथ मनाउने यो अभियानको सुरुवात डोमिनिकन गणतन्त्रबाट सन् १९६० मा भएको हिंसाको घटनालाई आधार बनाएर शुरु गरिएको हो । उक्त देशका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको र उक्त हत्यालाई लिंगको आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिईएको थियो । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो । त्यस पछिको हरेक बर्ष अन्तराष्ट्रिय स्तरमा नै बिषेश कार्यक्रमका साथ यो दिबस मनाईन्छ । हरेक बर्ष फरक नारा तय हुन्छ । यो बर्ष बनाईएको नाराले लैगिक हिंसाको अन्त्यका लागि हरेक व्यक्ति र समाजको ऐक्यवद्धता आवश्यक रहेको बास्तविकतालाई उजागर गरेको छ ।
लिंग र यौनिकताको आधारमा हुने हिंसा, यातना, दुव्र्र्यवहार, विभेदलाई लैगिक हिंसा भनेता पनि यसको प्रकृति फरक फरक हुन्छ । यस्ता हिंसालाई मनोबैज्ञानिक, शारीरिक र यौनिकताको आधारमा विश्लेषण गरिन्छ । जस्तो सुकै प्रकृतिका हिंसा भएता पनि यसले व्यक्तिको समग्र जिवनलाई नै प्रभाव पार्दछ । बलत्कार र यौन हिंसा जस्ता जटिल प्रकारका हिंसाका घटनाहरु बाहिर आएतापनि घर परिवार र समाजमा रहेका सानातिना हिंसाका घटनाहरु सार्वजनिक हुन नसक्दा धेरैले पिडा भोगेर बस्न बाध्य छन् ।
परम्परागत सोच, अशिक्षा, गरिबी, समाजमा जड गाडेको कुरीतिले प्रत्यक्ष र परोक्ष तवरले धेरै महिला हिंसाको सिकार बनेको छर्लङ्गै छ । सामान्य घर गोठ मेलापातदेखि, कार्यालय हुदै उपल्लो तहका महिलाहरुको हिंसा पनि सुन्नमा र देख्नमा आउँछन् । लैगिंक हिंसाको जरो परिवारदेखि सदनसम्म रहेको कारण सहजै उखाल्न सकिदैन् । हिंसालाई निमिट्यान्न् पार्न सोच बदल्न आवश्यक छ । त्यसका लागी राज्य पक्षको भुमिका अहम हुन्छ । राज्यको अलावा नागारिक समाज, राजनीतिक दल, सरोकारवाला संघसंस्थाको पहल पनि उत्तिकै जरुरत छ ।
मुलुक यतिबेला राजनीतिक परिवर्तनको युग पार गरेर समृद्ध राष्ट्र निर्माणमा लम्किरहेको छ । नागरिकले मौलिक हक र मानव अधिकारको पूर्ण उपभोग गर्न पाए मात्र राष्ट्र सवल र सक्षम बन्दछ । त्यसैले सबैखाले हिंसाको अन्त्य गर्न सबैको भूमिका उत्तिकै छ ।
लैगिंक हिसाको सवाल गठाउदै गर्दा घरेलु हिंसालाई महत्वका साथ लिनु जरुरी छ । अधिकांश लैगिक हिंसाका घटनाहरु घरेलु हिंसाबाट शुरु भएका छन् । हिंसालाई शारीरिक भन्दा पनि मानसिक, आर्थिक र सामाजिक दृष्टिकोणबाट विश्लेषण गर्न सकियो भने मात्र अन्त्यका लागि मार्गप्रशस्त हुन सक्दछ ।
सबै भन्दा धेरै हिंसाका घटनाहरु घरबाटनै शुरु हुन्छ, त्यस पछि बल्ल समाज हुदै कार्यक्षेत्रमा । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने हिंसा अन्त्यका लागि परिवारकै सदस्यको भुमिका रहन्छ । परिवारसंगै, समाज, राज्यपक्ष सबैको सामुहिक प्रतिबद्धताको खाँचाो छ । स्थानीय स्तरमा भएका हिंसालाई लुकाएर वा दबाएर बाहिर आउन नदिन र कानुनी उपचारमा पुगेको अवस्थामा आर्थिक तथा राजनैतिक दबाब दिएर पिडितलाई न्यायको सट्टा मानसिक यातना पाईरहेका छन् । तर, लंैगिक हिंसाका पिडकलाई कठोर कानुनी सजायको व्यस्था गर्न सक्नुपर्दछ निती निर्माताहरुले ।
हालै मात्र पाकिस्तानमा बलत्कारी प्रमाणित भएमा दोषिलाई रासायनिक औषधि प्रयोग गरी नपुंशक बनाउने कानुन पास गर्नलाई छलफल भएको छ । यो कानुन पारित भएमामात्रै पनि बलत्कारका घटनामा स्वत कमी आउँछ होला ।
लैगिंक हिंसामा पिडित र पिडकको मात्र संलग्नता देखिएता पनि यसले राष्ट्र निर्माणको प्रक्रिया अझ विशेष महिला, बालवालिका तथा पिछििडएको बर्गको समग्र विकासमा ठुलो चुनौतिको रुपमा खडा भएको छ । यसका लागि हामी सबै प्रतिबद्ध भएर लैगिक हिंसाको अन्त्यका लागि जुुट्नु पर्ने बेला आएको छ । नारामा मात्र हैन् व्यवहारमा पनि ऐक्यवद्धता जनाउन जरुरी छ ।
(लेखिका कुश्मावती आधारभुत विद्यालय सेराटार, तनहुँकी प्रधानाध्यापक हुनुहुन्छ)